राष्ट्रियसमाज

प्युठानका २१ जना बिद्यार्थीले पाए नि:शुल्क छात्रवृत्ति

प्युठान । सन २०२५ सम्म १०० जना विधार्थीहरुलाई निशुल्क पढाउने उद्देश्यसहित स्थापना भएको गैरनाफामूलक संस्था ड्रिम १०० ले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हंगकंग प्यालेस एण्ड रेस्टुरेण्ट, जुम्रीमा आयोजना भएको कार्यक्रममा प्यूठान जिल्लाका विभिन्न बिधालयहरुका बिधार्थीहरु, शिक्षक प्रतिनिधीहरु तथा दाताहरुको सहभागी थियो । यसै संस्थाका अध्यक्ष बिञ्जु शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा यस संस्थाका दाता तथा कृषि तथा बन बिज्ञान बिश्वबिधालयका उप-प्राध्यापक अनिल बाबु पोख्रेलले प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिभिन्न बिधालयका प्राधानाध्यापक तथा शिक्षकहरुको सहभागी थियो ।

कार्यक्रममा बोल्दै श्री सरस्वती मावि, बाङ्गेसालका सहायक प्रधानाध्यापक भक्त मर्सांगी सरले ड्रिम १०० संस्थाले दिएको छात्रवृत्तिले बिधार्थीमा निकै हौसला र मनोबल बढेको उल्लेख गर्दै अघिल्लो बर्ष छात्रवृत्ति पाएका बिधार्थीहरुले बिधालयमा राम्रो नतिजा ल्याएको जानकारी दिनुभयो। त्यस्तै श्री भानुभक्त मावि, बरबोटका प्राधानाध्यापक श्री चक्रपाणी पौडेल सरले ड्रिम १०० ले सुरुवात गरेको यो पुन्य कार्यको धन्यबाद दिदै आयोजकप्रति आभार प्रकट गर्नुभयो भने यसमा सहभागी हुन पाउदा निकै खुशी लागेको कुरासमेत उल्लेख गर्नुभयो । कार्यक्रमको संचानल यसै संस्थाका सचिव संदेश सुबेदीले गर्नुभएको थियो ।

प्यूठान जिल्लाभित्र सामुदायिक बिधालयबाट एस इ इ उत्तिर्ण गरेका तर आर्थिक अभावमा उच्च शिक्षा लिनबाट बन्चित जेहन्दार बिधार्थीहरुलाई ड्रिम १०० ले निशुल्क छात्रबृत्ती दिदै आएको छ । अघिल्लो बर्ष प्यूठान जिल्लाका १६ जना विधार्थीहरुलाई निशुल्क पढाएको यस संस्थाले यस बर्ष २१ जना विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। ड्रिम १०० ले यो बर्ष विधार्थीहरुलाई छात्रवृत्तीमात्र प्रदान नगरेर बिधार्थीहरुको नेतृत्व बिकास गर्ने उद्देश्यले कबिता प्रतियोगिता, मेण्टरशिप कार्यक्रम समेत संचालन गरेको यस संस्थाका सचिव संदेश सुबेदीले बताउनु भयो।

Related Articles

Back to top button