प्यूठान । नौबहिनी गाउँपालिकाको वडा नं. ८ स्थित फोप्लीमा गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेका छन् ।
हिजो राती करीव ९ बजेतिर गठबन्धनका कार्यकर्ताले एमालेका दुई जना कार्यकर्तालाई कुटपिट गरेको एमालेका वडा अध्यक्षका उम्मेदवार जेवी जिसीले जानकारी दिनुभयो ।
एमालेका कार्यकर्ता विष्णु गुरुङ र पुठ बहादुर पुन घाईते हुनुभएको छ । दुवै जनाको प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।
राती नै एम्बलेन्समा उपचारका लागि विजुवार पठाएको जिसीले जानकारी दिनुभयो । राजनीतिक विवाद बढ्दै गर्दा घटना भएको देवी जिसीले बताउनुभयो ।
