प्यूठान । नेपाली कांग्रेसले उम्मेदवारको टिकट वितरणमा नेतृत्वले आफुखुसी गरेको भन्दै गठबन्धनबाट विद्रोह गर्दै मल्लरानी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी परेको छ ।
गाउँपालिका अध्यक्षमा नविन श्रेष्ठ, उपाध्यक्षमा रामबहादुर थापा, ४ नं. वडा अध्यक्षमा दिनेश शाह र सदस्यमा नोमराज खनालले उम्मेदवारी दिनुभएको हो ।
स्वतन्त्र उम्मेदवारी दिने थापा नेपाली कांग्रेस मल्लरानी गाउँपालिका उपसभापति, श्रेष्ठ गाउपालिका सचिव, खनाल सह–सचिव र शाह वडा सभापति हुनुहुन्छ । उम्मेदवार छनौटमा जिम्मेवार पदमा रहेका व्यक्तिहरुलाई उपेक्षा गरेको उनीहरुको आरोप छ ।
मनोनयन दर्ता कार्यक्रम जारी छ ।