> समाज > विश्व रेडक्रस दिवस : प्यूठानमा रक्तदान कार्यक्रम


विश्व रेडक्रस दिवस : प्यूठानमा रक्तदान कार्यक्रम

प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान र फलफूल वितरण गरिएको छ ।

रक्तसञ्चार सेवा केन्द्र प्यूठानमा रक्तदान र प्यूठान जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको हो ।
आज विहान प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति, दाखाक्वाडी स्वास्थ्य चौकीका अ.हे.ब. भरत भण्डारी, धर्मावती उपशाखाका सभापति हरि प्रसाद घिमिरे लगायतले रक्तदान गर्नुभएको थियो । अस्पतालमा रहेका २५ जना विरामीलाई फलफुल वितरण गरिएको रेडक्रस प्यूठानले जनाएको छ ।

 


यस बर्षको विश्व रेडक्रस दिवसको नारा “परोकारको–शक्तिमा–विश्वास” भन्ने रहेको छ । शाखा सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको औपचारीक कार्यक्रममा प्यूठान अस्पतालका निमित्त प्रमुख प्रतिमा भट्टराई, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश सदस्य आनन्द प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखा सभापति लोकमणी भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र रेडक्रसकर्मी तथा कर्मचारीको उपस्थिति रहेको थियो । स्वागत धर्मावती उपशाखा सभापति हरी प्रसाद घिमिरे र सञ्चालन मन्त्री दामोदर शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *