प्यूठान । स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाँकी छ । निर्वाचन नजिकिदै गर्दा उम्मेदवार र राजनीतिक दलले एक चरणको चुनावी अभियान पुरा गरिसकेका छन् ।
निर्वाचनमा कस्ले बाजि मार्छ भनेर विभिन्न अड्कल समेत गर्ने गरिएको छ । जिल्लाभर सत्ता गठबन्धनको चुनावी तालमेल कतै आंशिक र कतै पूर्ण रुपमा भएको छ ।
मल्लरानी गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्ला एक्लै चुनावी मैदानमा छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मल्लरानीमा ९ हजार ९९३ मतदाता थिए । जसमध्ये ६ हजार ६५२ मत खसेको थियो । ६६.५७ प्रतिशत मतदान भएको थियो । ११२ मत पूर्ण रुपमा बदर भएको थियो ।
अहिले मल्लरानी गाउँपालिकामा १२ हजार ६१० मतदाता पुगेका छन् ।
०७४ को मतपरिणाम विवरण :