प्यूठान । जिल्ला स्तरमा सहमति हुन नसकेपछि पालिका स्तरमा गठबन्धन गर्ने क्रममा ऐरावती गाउँपालिकामा गठबन्धन नहुने भएको छ ।
गठबन्धनका दलहरुबीच पद बाँडफाँडमा कुरा नमिल्दा सहमति हुन नसकेको हो । गठबन्धनमा आवद्ध दलहरुबीचको बैठकले समझदारी कायम हुन नसकेको भन्दै मित्रवत रुपमा निर्वाचनमा जाने निर्णय गरको हो ।