> समाज > खप्रेङखोला बजारमा क्लोरिन र फिनेल छर्कियो


खप्रेङखोला बजारमा क्लोरिन र फिनेल छर्कियो

बासुदेब थापा
प्यूठान, २६ चैत्र ।
प्यूठान नगरपालिका–८ सुर्यनगर खप्रेङखोला बजार क्षेत्र भित्र क्लोरिन र फिनेल छर्किएको छ । विभिन्न प्रकारका किटाणु र भाइरस नियन्त्रण होस भन्ने लक्ष्य का साथ स्थानीयले यसो गरेका हुन् ।

बजार का प्रत्येक घरका पेटी, बाटो, नाली लगायत क्षेत्रमा यस्तो छर्किएको हो । बजारलाई स्वच्छ बनाउनका लागि स्थानीयले क्लोरिन र फिनेल छर्केको प्यूठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष माधबराज भण्डारीले बताउनुभयो ।

हाल विश्वभर कोरोना संक्रमण देखिएको सन्दर्भमा विषनाषक औषधी छर्कदा वातावरण सफा रहने भएकोले यस्तो गरिएको स्वर्गद्वारी बहुमुखी क्याम्पसका सहायक प्रमुख रामकृष्ण शर्माले उल्लेख गर्नुभयो । औषधी छर्कन ४ वटा स्प्रे प्रयोग प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *