प्यूठान । झिमरुक गाउँपालिका–५ ढाँडा स्थित झिमरुक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्यूठान नगरपालिका–८ का अन्दाजी ११ वर्षीय रन्जित थापाको नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।
मामा घर गएका बालक दिउसाे १ बजेतिर पौडी खेल्न नदिमा गएको बताइएको छ । प्रहरीका अनुसार बालकको शव पोष्ट मार्टमका लागि प्यूठान अस्पताल विजुवार ल्याईदैछ ।