प्युठान । स्वतन्त्रबाट उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको एमालेका नेता टीका बहादुर गुरुङलाई पार्टीले कारबाही गरेको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले आज बिज्ञप्ति निकालेर गुरुङलाई कारबाही गरेको जनाएको छ । गुरुङ प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।
गुरुङले ऐरावती गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा गुरुङ १६ मतले अध्यक्षमा पराजित हुनुभएको थियो ।