> राजनीति > प्यूठान नगरपालिकामा गठबन्धनबाट मेयरमा विष्णु योगी


प्यूठान नगरपालिकामा गठबन्धनबाट मेयरमा विष्णु योगी

प्यूठान । गठबन्धनबाट मेयरको कोटा पाएको नेकपा माओवादी केन्द्रले प्यूठान नगरपालिकामा विष्णु योगीलाई उम्मेदवार बनाउने भएको छ ।

 

यसअघि हालका मेयर अर्जुन कुमार कक्षपतिलाई दोहोर्‍याउने चर्चा चलिरहेका बेला माओवादीले योगीलाई उम्मेदवार बनाउने गरि सर्वसम्मत रुपमा नाम सिफारिस गरेको हो ।

 

योगी प्यूठान नगरपालिका नगरकमिटीको अध्यक्ष समेत हुनुहुन्छ । गठबन्धनबाट माओवादीले मेयर सहित ३, ४ र ९ नम्वर वडा अध्यक्ष पाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *