प्यूठान । मित्रमणी आचार्यको ३७ औ स्मृति दिवस मनाईएको छ । अखिल छैठौं प्यूठानले स्मृति दिवसको अवसरमा प्यूठान विजुवारमा रहेकोे अर्धकैद शालिकमा माल्यार्पण गर्दै आचार्यको सम्झना गरेको हो ।
मित्रमणी आचार्यले वोकेको विचार आम श्रमजिवी वर्गको पक्षमा रहेको वताउदै छैठौंका महासचिव सुवास जिसीले आचार्यले वोकेको विचारलाई मर्न नदिन दृढता पूर्वक लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मत्वपूर्ण छ’ उहाँले भन्नुभयो, ‘परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणी जस्ता महान शहिदहरुको वलिदानीले शक्ति र प्रेरणा दिइरहने छ ।’ अग्रगामी परिवर्तनमा आचार्यको हत्याले क्षती पुराएको वताउदै उहाँले राज्य सत्ताको दुरुपयोग गर्दै राजनैतिक आवरणवाट आचार्यको हत्या भएको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल यूवक संघ प्यूठानका अध्यक्ष कमल पौडेलले आम शोषित पिडित जनताको पक्षमा उठाएको आवजलाई सहन नसकि ‘पञ्चे’हरुले आचार्यको हत्यागरेको उल्लेख गर्दै मित्रमणिको विचार मर्न नदिने संकल्पमा सवै अगाडी वढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्मृति दिवसको अवसरमा सहिद आचार्यकी दिदि शुशिला आचार्यले बाल्यकाल देखिनै आचार्य शोषण दमनको विरुद्धमा आवाज उठाउदा परिवारले आफनो सदस्य गुमाउनु परेको बताउनुभयो ।
अखिल छैठौँ आयोजना गरेको स्मृति शभामा सहभागिले आचार्यले कम्यूनिष्ट बिद्यार्थि आन्दोलनमा दिएकोे योगदानको बिषयमा समेत चर्चा गरेका थिए ।
२०१९ सालमा प्यूठान रम्दी २ तिघ्रामा जन्मिनुभएका आचार्य २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापमा हुने अभिभावक भेलामा जाने क्रममा विचमै हतियारधारी समुहले हत्या गरेको थियो । तत्कालिन अखिल(छैठौं)का केन्द्रिय सदस्य रहनुभएका आचार्य प्रगतिशिल प्यानलवाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियू सभापति हुनुहुन्थ्यो । आचार्यको स्मृतिमा बिजुवार बजारमा अर्धकैद सालिक बनाइएको छ भने स्थानिय बजारमा मित्रमणि चोक भनि बजारको नामाकरण समेत गरिएको छ ।