> समाज > चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न ध्यानाकर्षण


चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न ध्यानाकर्षण

प्यूठान । जिल्ला स्तरीय नागरिक समाज सञ्जालले निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै उक्त कार्य नगर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला निर्वाचन आचार संहिता र बाल अधिकार हनन हुन नदिनका लागि सञ्जालले ध्यानाकर्षण गराएको हो ।

विद्यालयहरु बन्द हुने भएकाले बालबालिकालाई राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारमा प्रयोग गर्न थालेको भन्दै उक्त विषयलाई गम्भीरतापूर्वक लिन सञ्जालले आग्रह गरेको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले चुनाव प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्न आचारसंहिताले नदिने र बाल अधिकार हनन हुने भएएकाले त्यसतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उक्त विषयमा सरोकारवालालाई जानकारी गराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *