> राजनीति > झिमरुकमा एमालेकाे मनोनयन दर्ता, अध्यक्षमा हुकुम बहादुर खड्का


झिमरुकमा एमालेकाे मनोनयन दर्ता, अध्यक्षमा हुकुम बहादुर खड्का

प्यूठान । झिमरुक गाउँपालिकामा नेकपा एमालेले सवै पदमा मनोनयन दर्ता गराएको छ । नेकपा एमाले झिमरुक गाउँकमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेलले दिनुभएको जानकारी अनुसार अध्यक्षमा हुकुम बहादुर खड्का, उपाध्यक्षमा विष्णु घर्तिमगरको मनोनयन दर्ता भएको छ ।

 

त्यसैगरि १ नं. वडामा धुर्वराज खनाल, २ नं. वडामा रमेश खड्का, ३ नं. वडामा पदम खड्का, ४ नं. वडामा भरतविक्रम जिसी, ५ नं. वडामा दधिराम पोख्रेल, ६ नं. वडामा धन बहादुर पुन, ७ नं. वडामा इश्वर बहादुर थापा र ८ नं. वडामा नेत्रमान गिरी सहितको टिमले मनोनयन दर्ता गराएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *