मित्र थापा
प्युठान। गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । गौमुखीमा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वडा र माओबादी केन्द्रले पालिका उपाध्यक्ष सहित २ वडा पाउने गरि सहमति भएको हाे ।
गौमुखी वडा नंवर ६ र ७ मा भने एक्ला एक्लै चुनाबी प्रतिस्पर्धा गर्ने सहमती भएको छ। गौमुखीको पालिका अध्यक्षमा बिष्णु कुमार गिरी र उपाध्यक्षमा महाबिर रानाले उम्मेदवारी दिनुभएकाे छ ।
गिरी २०७४ सालको स्थानिय निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित हुनुभएकाे हाे भने राना भने नेपाल पत्रकार महासंघ प्युठानका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।