दाङ । दाङ क्षेत्र नम्बर १ एमालेले नेपाली काँग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णयबाट ब्याक भएको छ ।
काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभएकाे थियाे । तर, त्यसको आधा घण्टापछि शेखर समूहलाई सघाउने निर्णयबाट ब्याक भएको महासचिव पोखरेल बताउनुभयाे ।
यस क्षेत्रमा एमालेले शान्ता चौधरीले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
‘पहिले महासचिव पोखरेलले फोन गरेर गोविन्द पोखरेललाई सघाउने भएकाले उम्मेदवारी नदिन भन्नुभएको थियो’ ,चौधरीले भन्नुभयाे, ‘अहिले फेरि तपाई नै उम्मेदवारी दिनुस् भन्नुभएको छ ।’