राष्ट्रियसमाज

निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली अद्यावधिक गर्दै

प्यूठान, १४ माघ । जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली अद्यावधिक गर्न थालेको छ ।

कार्यालयले जिल्लाका नगरपालिका तथा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गरि अद्यावधिक कार्यक्रम शुरु गर्ने जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिले आगामी बैशाखमा तोकिएको निर्वाचनमा मतदान गर्न पाउने जानकारी दिनुभयो । पुस ५ गतेसम्मको तथ्याङ्क अनुसार प्यूठानमा १८ वर्ष उमेर पुगेका मतदान गर्न पाउने मतदाताको संख्या एक लाख ४८ हजार ८६० जना रहेको छ ।

“अद्यावधि गर्दा यो संख्या भन्दा घट्छ, यो भन्दा बढ्दैन्,” उहाँले भन्नुभयो,“१५५ मतदान स्थल छन्, केन्द्र पनि संख्याको आधारमा घटबढ हुनसक्छ ।”

कसरी सच्याउने त्रुटी
माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने ।
माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटी सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिने तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि सूचना दिने ।
माघ १६ देखि १७ गतेसम्म झुटा विवरणण् दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिने ।

निर्वाचन कार्यालय प्यूठानले सम्पूर्ण मतदातालाई सम्वन्धित स्थानीय तहको केन्द्रमा गई त्रुटी सच्याउन आग्रह समेत गरेको छ ।

 

Related Articles

Back to top button