प्युठान । जिल्लाको विभिन्न ठाउँमा पूर्णिमा मेला लाग्दैछ । असोज शुक्ल पूर्णिमा दिन आज प्युठान नगरपालिकाको जुम्री, पुण्यखोला लगायत जिल्लाका विभिन्न स्थानमा सराए नाँच सहितको मेला लाग्ने गर्दछ ।
स्थानीय स्तरमा लाग्ने मेलामा रमाईलोका लागि विभिन्न स्थानीय नाँच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका बस्तुहरुको किनबेच समेत हुने गर्दछ ।
त्यसैगरी तिहारको भोलिपल्टदेखि शुरुहुने सराए मेला पूर्णिमा सम्म (करिव १५ दिनसम्म) चल्ने गर्दछ । जहाँ स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्ने गर्दछन् । मेलालाई व्यवस्थापन सहित पुरस्कार प्रदान गर्ने गरिएको छ ।
