> पर्यटन > प्यूठानको मल्लरानीमा जीपलाईन बन्दै


प्यूठानको मल्लरानीमा जीपलाईन बन्दै

प्यूठान । जिल्ला सदरमुकाम खलंगाको शिरमा रहेको पर्यटकीय स्थल मल्लरानीमा साहसिक खेल जीपलाईन बन्ने भएको छ । मल्लरानी टरिजम प्रा.ली.ले करीव डेढ करोड रुपियाँको लागतमा जीप लाईन बनाउन थालेको हो ।

 


जीपलाईनको आज प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले शिलान्यास गर्नुभएको छ । अवको करीव डेढ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाउने कम्पनीले जनाएको छ ।

मल्लरानीमा पीच सडक समेत निर्माण हुँदैछ । त्यसको साथसाथै पर्यटन प्रर्वद्धनका लागि विभिन्न संरचना निर्माणको काम समेत अघि बढेको छ । जीप लाईन बनेपछि पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने कम्पनीका अध्यक्ष इमानसिंह भारतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *