> राजनीति > संगठन विस्तारलाई तिव्रता दिदै अनेरास्ववियु


संगठन विस्तारलाई तिव्रता दिदै अनेरास्ववियु

प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यूठानले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठनले जिल्लाका माध्यमिक विद्यालयहरुमा पुगि संगठन विस्तार अभियान सञ्चालन गरेको अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर के.सीले जानकारी दिनुभयो ।

कोरोना महामारी र पार्टी एकताका कारण रोकिएका संगठनका नियमित कार्य संचालन गर्न संगठन विस्तार अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘हालसम्म १२ वटा माध्यमिक विद्यालयमा संगठन विस्तार गरिसकिएको छ ।’ उहाँले भन्नुभयो, ‘बाकी विद्यालयमा पनि संगठन विस्तारको काम सञ्चालन भईरहेको छ ।’ क्याम्पसहरुमा परीक्षा सञ्चालन भईरहेकाले संगठन विस्तार हुन नसकेको संयोजक के.सीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *