प्युठान । प्युठानमा बस दुर्घटना भएको छ । माण्डवी गाउँपालिका २ पिपलछेडामा बस दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना बच्चाको मृत्यु भएको स्थानीय हेमराज अधिकारीले जानकारी दिनुभयो ।
दाङको अमारेदेखी प्युठानको मर्कावाङ हुँदै घोराही जाने ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइतेलाई उपचारका लागि घोराही लगिएको छ ।
घटनास्थलमा कमेरेपानी प्रहरी चौकि र तिराम प्रहरी चौकीबाट टोलि पुगेको छ ।
