> राजनीति > नेकपा मसालले निकालेको विज्ञप्तीको नेकपा एमालेले गर्‍यो खण्डन्


नेकपा मसालले निकालेको विज्ञप्तीको नेकपा एमालेले गर्‍यो खण्डन्

प्यूठान । नेकपा मसालले विप्लव नेतृत्वको नेकपाबाट मल्लरानी गाउँपालिका अध्यक्ष लगायतमाथी भएको दुव्र्यवहारको घटनामा एमालेको संलग्नताको शंका भएको विज्ञप्ती निकालेपछि नेकपा एमाले मल्लरानी गाउँकमिटीले खण्डन गरेको छ ।

 


उक्त दिन वडा अध्यक्ष विरामी भएकोले कार्यक्रममा आउन नसक्ने जानकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दिएको अवस्थामा मसालले एमालेप्रति गरेको शंका निराधार भएको एमालेले जनाएको छ ।

 

समाजमा उदण्ड तथा शान्ति खलल पार्ने र गैर कानुनी काममा एमाले कहिले पनि संलग्न नहुने समेत स्पष्ट पारेको छ । उसले मसालले लगाएको आरोप सच्याउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *