> समाज > नाैबहिनीमा सरसफाई अभियान थालियो


नाैबहिनीमा सरसफाई अभियान थालियो

महेश थापा
बाहाने । बाहाने बजार क्षेत्रमा सरसफाई अभियान थालिएको छ । बजार क्षेत्रलाई सफा राख्नका लागि यहाँका सरोकारवाला निकायले अभियान थालनी गरेका छन् ।

जसअन्र्तगत आज विहान बाहाने बजारमा सरसफाई गरिएको छ । नौबहिनी बजार इलाका, होटल व्यवसायी संघ, इलाका प्रहरी कार्यालय, रेडक्रस लगायत नागरिक समाजको सहभागितामा सरसफाई गरिएको हो ।

सरसफाई अभियानलाई निरन्तरता दिने सहभागीले बताएका छन् । यसअघि पनि बाहाने क्षेत्रमा सरसफाई अभियान हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *