प्यूठान । लामो दुरीको सवारीमा यात्रुसँग नेपाल सरकारले तोके भन्दा बढि भाडा लिएको पाईएमा कार्वाही गर्ने प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले बताउनुभयो ।
आईतवार राजनीतिक दल र यातायात व्यवसायीहरुसँग भएको संयुक्त बैठकमा उहाँले सरकारले निर्धारण गरेको यात्रु भाडा कार्यान्वयनमा जोड दिनुभयो ।
नर्मल गाडिमा १३६७, डिलक्स १६४१ र एसिको भाडा १९६९ रहेको छ ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले काठमाण्डौंदेखि प्यूठानसम्म थप सेवा वापत २० प्रतिशत अतिरिक्त भाडा लिएको थियो ।