प्यूठान, ७ असार । प्यूठानमा एक जना व्यक्ति कोरोनाबाट निको भएर घर फर्किन थालेका छन् । माण्डवी गाउँपालिका वडा नम्वर ५ का २५ वर्षीय गणेश घर्तिमगर संक्रमणबाट निको हुनुभएको हो ।
माण्डवी गाउँपालिकाका कोरोना संक्रमित मध्ये एक जना निको भएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । संक्रमितमध्ये ८ जनाको फलो अप परीक्षण गरिएकोमा एक जनामा नेगेटिभ रिर्पोट आएको हो ।
नेगेटिभ रिर्पोट आएका व्यक्तिलाई घर पठाउने तयारी थालिएको अध्यक्ष रोकाले बताउनुभयो । बाँकी ७ जनामा फलो अप परीक्षण समेत पोजेटिभ आएको छ ।
साथै आजै थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै माण्डवीमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।