> राष्ट्रिय > प्यूठानको लिवाङ गाउँ शोकमा : आज पालिका भित्र शोक विदा


प्यूठानको लिवाङ गाउँ शोकमा : आज पालिका भित्र शोक विदा

प्यूठान । दुलही लिएर फर्किदै गरेको जीप दुर्घटनामा आफन्त गुमाएपछि गौमुखी गाउँपालिका-६ लिवाङ गाउँमा सन्नाटा छाएको छ । गाउँका सर्वसाधारण घटनाबाट शोकमा डुबेका छन् ।

पालिकाभित्र शोक विदा
गौमुखी गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गर्दै आज एक दिन पालिका भित्र शोक विदा दिने निणर्य गरेको छ । गाउँपालिकाले गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा आज आईतबार विदा दिने निणर्य गरेको हो ।


मृतकका परिवारलाई राहत
गाउँपालिकाले प्रति परिवार ५० हजार रुपियाँका दरले राहत स्वरुप प्रदान गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले घटनाले गाउँपालिकालाई अपुरणिय क्षति पुगेको बताउनुभयो ।


घाईतेको सीघ्र स्वास्थ्य लाभको कामना
विभिन्न राजनीतकि दल तथा नेताले जीप दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाईतेको सीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा मसाल लगायतका दलले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *