प्यूठान, १८ माघ । स्वर्गद्धारी नगरपालिका वडा नं. ५ वडा कार्यालयले सारीका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
चियोयामबाट बच्न ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो ।
५३ जना पुरुष, १२ जना महिला, ६८ जना एकल महिलालाई बस्ती बस्तीमा पुगेर न्यानो कपडा वितरण भैरहेको वडा अध्यक्ष हिरामणि भण्डारीले जानकारी दिनुभयो । महिलालाई स्विटर र पुरुषलाई हाइनेक वितरण गरिएको छ ।
वडा कार्यालयको चालु आर्थिक वर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार १ लाख रुपैंया बजेट विनियोजन भएको थियो ।