प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले यस आर्थिक वर्षमा किसानसँग १८ वटा कार्यक्रम गर्दैछ । चालु आर्थिक वर्षमा गरिने नयाँ कार्यक्रमको बारेमा आज जोन सञ्चालक समितिको बैठकमा कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी गराउनुभएको हो ।
यसवर्ष चैते धान खेती विस्तार सहयोग, धानको विज वृद्धि कार्यक्रम, वीऊको स्रोत केन्द्र स्थापना, गोदाम घर स्थापना, चक्लावन्दी निरन्तरता, चक्लावन्दीमा आधारित खेती गरिदैछ । त्यसैगरि साना सिंचाई कुलो निर्माण, कृषि मेसिनरी औजार वितरण, भकारो सुधार कार्यक्रम बेमौसमी तरकारी खेती सहयोग, उन्नत प्रविधि सहित क्षेत्र विस्तार, प्याकेजिङ, लेवलिङ कार्यक्रम, पनि रहेको कार्यालय प्रमुख गिरीले जानकारी गराउनुभयो ।
यसै वर्ष नर्सरी सहयोग कार्यक्रम, तरकारी वीऊ उत्पादन सहयोग कार्यक्रम, उत्पादन सामाग्री सहयोग कार्यक्रम, कफि क्षेत्र विस्तार, कफि नर्सरी, गड्यौला मल उत्पादन, धानवालीको जातीय प्रर्दशन कार्यक्रम रहेको छ । कार्यालयमा यसवर्ष ४ कराेड २२ लाख रुपियाँको बजेट प्राप्त भएको समेत कार्यालयले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका संयोजक धरम बहादुर जिसीले किसानको क्षेत्रमा परियोजनाले गरेको काम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले थोरै लागतमा किसानका लागि धेरे काम भएको बताउनुभयो । उहाँले आगामी दिनमा किसानका उत्पादनलाई बजारीकरण गर्न आवश्यक रहेको भन्दै त्यसतर्फ आफ्नोतर्फबाट सहयोग गर्ने जनाउनुभयो ।
जिल्लामा परियोजना अन्र्तगत ०७३÷०७४ देखि धान जोन र ०७८÷०७९ देखि तरकारी जोनमा काम भइरहेको छ । अघिल्लो वर्ष जिल्ला लुम्बिनी प्रदेशमै उत्कृष्ट हुन सफल भएको थियो ।
यस वर्ष स्थानीय तहसंगा समन्वय गरेर कार्यक्रम सम्झौता गरिने कार्यालयले जनाएको छ । आजैदेखि कार्यक्रमका लागि कार्यालयमा समुह, सहकारी र उद्यमीलाई सुचिकृत हुन समेत कार्यालयले आह्वान गरेको छ ।
कार्यक्रममा धान जोन सञ्चालन समन्वय समितिका संयोजक श्याम बहादुर थापा र तरकारी जोन सञ्चालन समन्वय समितिका संयोजक लोकराज पोख्रेल सहित सदस्यहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन विपिन खड्काले गर्नुभएको थियो ।
