> राष्ट्रिय > यस्तो छ व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को मापदण्ड


यस्तो छ व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को मापदण्ड

कमल वि.क.
प्यूठान, २३ चैत्र ।
नेपाल चिकित्सा परिषद् र नेपाल सरकारका विज्ञद्धारा विश्व स्वास्थ्य संगठनको मापदण्डमा आधारित व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को मापदण्ड तयार गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहेको कोरोना भाईरसको संक्रमणको परीक्षण सातै प्रदेशबाट गर्ने सरकारी तयारी छ । यसका लागि होम क्वारेन्टाईनमा बसेकादेखि संक्रमित र संक्रमितसँग प्रत्यक्ष जोडिएर उपचारमा संलग्न हुने चिकित्सकहरुका लागि पिपिई आवश्यक पर्दछ ।

तरल पदार्थ निस्कने र ननिस्कने गरी दूई प्रकारका उपचार पद्धतिमा संलग्न चिकित्सक, शंकास्पद विरामीको उपचारमा संलग्न चिकित्सक, संरक्षण वा सुरक्षाका लागि खटिएका व्यक्ति वा चालक, प्रयोगशालामा खटिएका कर्मचारी ५ प्रकारका सुरक्षा सामाग्रीको मापदण्ड तयार गरिएको छ ।

प्रत्यक्ष विरामीसँग सम्पर्कमा नआउने अन्य व्यक्तिहरुका लागि पिपिई सामाग्री आवश्यक पर्दैन । यद्यपी सुरक्षा सावधानी भने अपनाउनु पर्ने मापदण्डमा उल्लेख छ ।

सुरक्षा सामाग्री र अपनाउनु पर्ने सावधानीका बारेमा तलका तस्विरहरु गर्नुहोला ।

प्यूठानमा प्रयाप्त सुरक्षा सामाग्री नभएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभएको छ । पिपिईका केहि सेटहरु प्राप्त भएपनि यो प्रयाप्तता नभएको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!