> समाज > १० वर्षे बालकको डुवेर मृत्यु


१० वर्षे बालकको डुवेर मृत्यु

प्यूठान, २० बैशाख ।
स्वर्गद्धारी नरगरपालिका ३ प्यूठानका बालक आर्जु  खत्रीको माडी नदीमा डुवेर मृत्यु भएको छ । शनिवार दिउँसो २ बजे माछा मार्ने व्यक्ति सँगै माडीमा गएका बालक पौडी खेल्ने क्रममा डुबेको र माछा मार्दे गरेका व्यक्तीले थाहा नपाउँदा पछि घरमा पुगेपछि मात्र थाहा भएको हो ।

अन्दाजी १० वर्षीय खत्री ज्ञान मन्दिर विद्या गृह खुग्री रोल्पामा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन् । बालकको शव पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *