> खेलकुद > कोरोनासँग लड्न नेयमारको आर्थिक सहयोग


कोरोनासँग लड्न नेयमारको आर्थिक सहयोग

प्युठान, २२ चैत ।

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले आर्थिक सहयोग गर्नुभएको छ । नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गर्नुभएको हो।

नेयमारको सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन आय भएका परिवारलाई हुनेछ । अर्जेन्टिनी लियोनेल मेस्सी, पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, फ्रेन्च केलियन एमबाप्पे, पोलिस रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गर्डिओला र स्पेनिस डेभिड डे गेयाले पनि यसअघि आ–आफ्नो क्षेत्रका लागि सहयोग प्रदान गर्नुभएको थियो ।

नेयमार अहिले ब्राजिलमै सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । त्यहाँ रहँदा आफुलाई फिट राख्न समुद्री किनारमा बिच भलिबल खेलेको र सरकारको निर्णयविरुद्ध रहँदै सपिङमा भुलेको भन्दै चर्को आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *