> आर्थिक/बिकास > प्यूठानमा स्वावलम्वन समुहले आयआर्जनका लागि माहुरीपाल्दै


प्यूठानमा स्वावलम्वन समुहले आयआर्जनका लागि माहुरीपाल्दै

प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुने स्थित कुम्रीमा फुलवारी स्वावलम्वन समुह गठन भएको छ । समुहले आयआर्जनका लागि माहुरी पालन गरेको छ ।

 

माहुरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको स्थानीयले माहुरीपालनलाई व्यावसायिकता दिन सामुहिक रुपमा यो अभ्यास थालेका हुन् । परम्परागत रुपमा मुढे घारमा माहुरी पाल्दै आएका स्थानीयले सामुहिक रुपमा व्यावसायिक माहुरीपालनको शुरुवात गरेका छन् ।

 

फोटो क्याप्सन : समुहका अध्यक्ष खिमा पुन । तस्विर : सुजल श्रेष्ठ

फुलवारी स्वावलम्वन समुहका अध्यक्ष खिमा पुनले पहिले देखी गर्दै आएको माहुरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन समुह गठन गरि काम थालेको बताउनुभयो । “२० जना सदस्य मिलेर माहुरीपालन गरेका हौं,” पुनले भन्नुभयो,“एक सय वटा आधुनिक घार माहुरी पालेका छौं ।” सेरेना जातको माहुरी आधुनिक घारमा पालिएको उहाँले बताउनुभयो ।

 

फोटो क्याप्सन : समुहले चरणका लागि तोरीबारीमा राखेको आधुनिक माहुरीको घार । तस्विर : सुजल श्रेष्ठ

माहुरी पालनका लागि समुहका सदस्यले तालिम समेत लिएका छन् । ३ दिने तालिम लिएको समुहका सदस्य मसला पुनले बताउनुभयो । माहुरीको हेरचाह समुहका सवै सदस्यले पालैपालो गर्ने गर्दछन् । यो सिजनको मह काटेर समुहले बेच्दै आएको छ । चिउरी लगायत फुुल फुल्ने रुखविरुवा र जंगल नजिकै भएकाले जावुनेमा माहुरी पालनको राम्रो सम्भावना रहेको छ ।

फोटो क्याप्सन : समुहका सदस्य मसला पुन । तस्विर : सुजल श्रेष्ठ

प्रायः प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । माहुरीका लागि आवश्यक पर्ने चिउरी प्रशस्त मात्रामा पाइने भएकाले माहुरी पालनको सम्भावना राम्रो रहेको स्थानीय प्रेम पुनले बताउनुभयो बताउनुभयो । “गाउँमा सवैको घरमा २/४ घार माहुरी छन्,” उहाँले भन्नुभयो,“व्यवसायिक रुपमा अघि बढाउन समुहले काम थालेको छ ।”

 

समुहलाई माहुरी सहितको घार र तालिमको व्यवस्था कालिका विकास केन्द्र/स्ट्रोम फाउण्डेशनले सञ्चालन गरेको दिगो तथा मर्यादित आर्थिक सामाजिक शसक्तिकरण कार्यक्रम(सिड्स)ले गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *