कमल बि.क.
प्यूठान, २२ चैत्र ।
कोरोना भाइरसका कारण लकडाउन हुँदा प्यूठान नगरपालिका वडा नम्बर ५ ले जुम्रीकाँडामा दिनभर काम गरेर बिहान बेलुका खानाको जोहो गर्ने, अपाङ्ग, असहाय, अशक्त २८ परिवारलाई शनिवार राहत बितरण गरेको छ ।
राहत सामाग्री प्रति ब्यक्ति ५ किलो चामल र प्रति परिवार १ किलो दाल, १ किलो नुन, १ पोका तेल खाद्यान्न वितरण गरिएको गरिएको वडा अध्यक्ष लक्षुमन भण्डारीले जानकारी दिनुभएको छ ।
वडा नम्बर ५ जुम्रीकाँडामा जम्मा १८३ विपन्न परिवारलाई राहत वितरण गरिने वडाअध्यक्षले बताउनुभएको छ । साथै कुनै परिवारमा छाकै टार्न मुस्किल भए तुरुन्त सम्पर्क गर्न समेत अध्यक्षले अनुरोध गर्नुभएको छ ।
राहत वितरण वडा सचिव, प्रहरी, वडा सदस्य लगायतको सक्रियतामा वितरण गरिएको हो ।
