प्यूठान, २६ मंसिर । प्यूठानमा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयले अद्यावधि गरेको तथ्यांक अनुसार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने सक्रिय संक्रमितको संख्या एक नै रहेको छ ।
जिल्लामा हालसम्म ३ हजार ९ सय ५८ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
हालसम्म ७७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
