> समाज > हेड नेटवर्क मार्फत स्वास्थ्य चौकीको अनुगमन


हेड नेटवर्क मार्फत स्वास्थ्य चौकीको अनुगमन

प्यूठान, ७ मंसिर । नौबहिनी गाउँपालिका ६ मा रहेको लुङ स्वास्थ्य चौकीमा अनुगमन गरिएको छ । जिल्लामा रहेको हेड नेटर्वकद्धारा आइतवार उक्त स्वास्थ्य संस्थामा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा स्वास्थ्य संस्थामा रहेका कर्मचारीले सामान्य अवस्थामा पनि विदा बस्ने गरेको पाईएको छ । स्वास्थ्य चौकीमा रहेको ६ जना कर्मचारी मध्ये आइतबार अ.न.मी. सिता के.सी.ले माात्रै स्वास्थ्य चौकी सन्चालन गरिरहनुभएको थियो । उहाँका अनुसार केही घरबिदामा रहेको र स्थानिय कर्मचारीहरु गाउँमा खर खुलेकोले खर काट्ने बिदामा बसेको के.सी.ले जानकारी दिनुभएको छ ।

अनुगमनको क्रममा अ.न.मी. के.सी.ले सोलारको अभाव रहेको बताउनु भएको छ । अनुगमन सहभागी टोलीले कर्मचारी बिदा व्यवस्थापन सुधार, औषधीको नाम नेपालीमा समेत राख्न, कार्य प्रगति टाँस्ने लगायतका सुझाव समेत दिएको छ ।

नौबहिनी गाउँपालिकाका उपाध्यक्ष धनबहादुर बुढा, गै.स.स. महासंघका अध्यक्ष नेत्रमणि आचार्य, नेपाल आदावासी जनजाती महासंघका अध्यक्ष टि.एस. गुरुङ, सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष दामोदर शर्मा लगायतको सहभागिता अनुगमन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *