> समाज > ‘रिलायन्स साथि’लाई रिलायन्स लाईफले गर्यो सम्मान


‘रिलायन्स साथि’लाई रिलायन्स लाईफले गर्यो सम्मान

प्यूठान, १९ मंसिर । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनी प्यूठान उप-शाखामाले रिलायन्स साथि सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

 

गत आर्थिक वर्ष ७७/७८ मा फास्ट ट्रयाकबाट नियुक्त एजेन्सी म्यानेजर तथा उत्कृष्ट टीम बिजनेस गरेका रिलायन्स साथीहरुलाई सम्मान गरिएको शाखा प्रबन्धक बाला खड्काले जानकारी दिनुभयो ।

 

सोहि अवसरमा नयाँ एजेन्सीहरुलाई तालिम समेत दिइएको छ । कम्पनीका क्षेत्रिय प्रवन्धक इन्द्र विश्वकर्माले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर द्वोय सूर्य वि.क. र नमा खड्काले आफ्नो अनुभव राख्नुभएको थियो ।

 

व्यक्तिगत पोलिसी कलेक्सनमा भन्दा टीम बनाएर पोलिसी कलेक्सन गर्दा एजेन्सीले राम्रो आम्दानी गर्न सक्ने उनीहरुको अनुभव थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *