प्यूठान । नेकपा माओवादी केन्द्रको मल्लरानी गाउँ कमिटीले पूणर्ता पाएको छ ।
गाउँपालिका स्तरीय अधिवेशनबाट टि.एस. गुरुङको अध्यक्षतामा कमिटी गठन भएको हो ।
अधिवेशन पछि बसेको पालिकाको बैठकले उपाध्यक्ष रुकमणी भट्टराई, भुमा पौडेल, विष्णु शर्मा, सचिव निर्मला पौडेल, सह सचिव गोविन्दराज जैशी, कोषाध्यक्ष रामचन्द्र सुनार चयन हुनुभएको छ ।
५५ सदस्यीय गाउँ कमिटी बनेको माओवादी केन्द्रका नेता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
