> राजनीति > कांग्रेस नेता रिजालको विज्ञप्ती : कांग्रेसकै जिम्मेवार व्यक्तिले गोलि चलाउन निर्देशन दिए


कांग्रेस नेता रिजालको विज्ञप्ती : कांग्रेसकै जिम्मेवार व्यक्तिले गोलि चलाउन निर्देशन दिए

प्यूठान । नेपाली कांग्रेस प्यूठानका नेता शिवराज रिजालले जिल्ला अधिवेशनको क्रममा भएको घटनामा नेपाली कांग्रेसकै जिम्मेवार व्यक्तिले प्रहरीलाई गोलि चलाउन निर्देशन दिएको बताउनुभएको छ ।

 

प्रेस विज्ञप्ती जारी गरि रिजाले घटना प्रति दुःख व्यक्त गर्दै पुर्व नियोजित षडयन्त्र अनुसार घटना भएको बताउनुभएको छ ।

‘आफ्नो गुट भन्दा बाहिरका कांग्रेस कार्यकर्ताहरुको ज्यान समेत लिन प्रयास गर्ने नेतृत्वको घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछु ।’ विज्ञप्तीमा उल्लेख छ,‘सत्य तथ्य घटनालाई बंग्याई सम्पूणर् दोष अरुमाथि थोपरेर आफू पानी माथि ओभानो हुने कुटील षड्यन्त्र सहित नेपाली कांग्रेस प्यूठान सभापतीको नाममा हालै सार्वजनिक विज्ञप्ती एवं त्यसमा प्रयोग गरिएको शब्द र भाषा घटनाक्रममा घाईते हुन पुगेका निर्दोष निहत्था कार्यकर्ता तथा नेपाली कांग्रेसका आम कार्यकर्ताहरु माथिको घोर अपमान हो ।’