प्यूठान । आधारभुत स्वास्थ्य सेवा केन्द्र चुँजाको आफ्नै भवन बनेको छ ।
नवनिर्मित भवनको सोमबार मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले उद्घाटन गर्नुभयो ।
आधारभुत स्वास्थ्य केन्द्र २०७६ सालमा स्थापना भएको हो । भाडाको भवनबाट सेवा दिइरहेको केन्द्रलाई आफ्नो भवन बनेपछि सेवा प्रवाह गर्न सहज हुने भएको छ ।
३८ लाख ५६ हजार रुपियाँको लागतमा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि स्थानीय मुमा कुमारी खत्रीले श्रीमान स्वर्गीय मुम बहादुर खत्रीको स्मृतीमा साढे २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उद्घाटन कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मान गरिएको थियो ।
