> स्थानीय सरकार > माण्डवीका बजार क्षेत्रमा विषाणुनासक औषधि छरियो


माण्डवीका बजार क्षेत्रमा विषाणुनासक औषधि छरियो

प्यूठान, २२ चैत्र ।
माण्डवी गाउँपालिकाले बजार क्षेत्रहरुमा विषाणुनासक औषधि छर्केको छ । कोरोना भाइरसको संभावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न गतिविधि संचालन गर्दै आएको गाउँपालिकाले शनिवार यस्तो गरेको हो ।

कम गर्न लामाचौर, नयाँगाउँ, जस्पुर, अरंगखोला मुख्य बजार क्षेत्रमा भिरकोन औषधि छर्केको स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले जानकारी दिनुभयो । वातावरणमा भएको भाइरस मार्न भिरकोन नामक भाईरेक्स छर्केको उहाँले बताउनुभयो ।

भिडभाड हुने बजार क्षेत्रका सडक, घरको पेटी लगायत ठाउँमा विषाणुनासक औषधि छर्किएको हो । कीटाणु मारेर वातावरण सफा गर्न सहयोग पुग्ने संयोजक पोख्रेलले बताउनुभयो । मानिसमा अन्य रोगका कीटाणुले आक्रमण गर्ने संभावना नहुँदा कोरोना भाइरसको संभावित जोखिम कम हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!