> राजनीति > ओली नेतृत्वको सरकारले विकासका धेरै काम गरेको छ ः सूर्य थापा


ओली नेतृत्वको सरकारले विकासका धेरै काम गरेको छ ः सूर्य थापा

प्यूठान । नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य थापाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विकास निर्माणको धेरै काम गरेको चर्चा गर्नुभएको छ ।

सरुमारानी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्दै उहाँले विगतका सरकारले गरेका कामको तुलनामा महत्वपूर्ण विकास निर्माणका योजना अघि बढाएको बताउनुभएको हो ।

 

नेता थापाले तत्कालिन नेकपालाई पुष्पकमल दाहाल प्रचण्डले कब्जा गर्न खोजेको आरोप लगाउँदै उक्त प्रयास सफल नभएको बताउनुभयो । माधव नेपालकै कारण अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बन्न पुगेको उहाँको भनाई छ ।

 

भर्खरै सम्पन्न पार्टी विधान महाधिवेशनले देशभरका ५१ प्रतिशत जनतालाई नेकपा एमाले बनाउने गरि अभियान अगाडी बढेको नेता थापाले बताउनुभयो । उहाँले पार्टीमा देखिएको विभाजन नगन्य भएको भन्दै सक्रिय राजनीति र संगठन विस्तारमा लाग्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *