प्यूठान । यहि कात्तिक कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ ।
सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि वि.सं. २०५६ बाट खुवाउन थालिएको हो ।
