प्यूठान । बंगलाचुलि ३ श्रीबारीमा रहेको महेन्द्र मा.विमा रहेको क्वारेन्टाइनमा बसेका ११६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सबै उत्साहित भई खाना पकाउने भान्सेलाई आर्थिक सहयोग गरेका छन् ।
आजसम्म पकाएर खुवाउनु भएकोमा भान्से प्रति सबैले धन्यवाद तथा सम्मान प्रकट गर्र्दैै क्वारेन्टाइनमा वसेका ९३ जनाले एकमुष्ट ४०८४ रुपियाँ सहयोग गरेको क्वारेन्टाइनमा बस्नुभएका स्टार बंगलाचुलि युवा क्लबका अध्यक्ष सुशील परियारले वताउनुभयो ।
उहाँले बंगलाचुलि गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मि र वडा अध्यक्षलाइ धन्यवाद दिदै १४ दिन सम्म होम क्वारेन्टाइन रहन सबैलाई आग्रह गर्नुभयो । आफू पनि बचौ र अरुलाई पनि बचाउ भन्ने उदेश्य राखेर सवैलाइ सचेत गराउन आग्रह समेत गर्नुभयो ।





