प्यूठान, २१ भदौ । प्यूठानमा घर भत्किदा एक जनाको मृत्यु भएको छ ।
प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा घर भत्किदा ७५ वर्षीया देउकी विकको मृत्यु भएको हो । वर्षातका कारण जमिन भाँसिदा घर भत्किएको हो ।
विक घर भित्र सुतिरहेको अवस्थामा सोमबार दिउँसो घर भत्किएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरका अन्य सदस्य बाहिर रहेका थिए । परिवारमा मृतक बाहेक ४ जना सदस्य रहेका छन् ।
