> पर्यटन > प्यूठानमा घुम्नका लागि आर्कषक गन्तव्य, यस्तो छ प्यूठानको ‘मिनि दार्जिलिङ’


प्यूठानमा घुम्नका लागि आर्कषक गन्तव्य, यस्तो छ प्यूठानको ‘मिनि दार्जिलिङ’

प्यूठान, १९ भदौ । घुमफिर गर्नका लागि झिमरुक गाउँपालिका–८ स्थित दियाल्नामा पर्यटकीय गन्तव्य बनेको छ ।


आन्तरीक पर्यटन प्रर्वद्धनलाई जोड दिँदै झिमरुक गाउँपालिकाले वडा नम्वर ८ मा रहेको इख्नाथान मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न थालेको हो ।

इख्नाथानलाई विशेष शक्ति भएको मन्दिरको रुपमा लिने गरिन्छ । धार्मिक महत्वसँगै पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएको वडा अध्यक्ष तुलस बस्नेत बताउनुहुन्छ । ‘यसलाई हामीले मिनि दार्जिलिङ भन्ने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रको विकासका लागि डीपीआर समेत बनाएका छौं ।’

इख्नाथानमा नियमित रुपमा आन्तरीक पर्यटक घुम्न पुग्ने गर्दछन् । यस ठाउँसँगै ढुंगे बगैचा, प्रस्तावित लालिगुराँस रंगशाला समेत घुम्नका लागि उपयुक्त ठाउँ भएको स्थानीय बताउँछन् । घुमफिर, बैठक, बनभोज गर्नका लागि ठाउँ उपयुक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *