> आर्थिक > झिमरुक गाउँपालिकाको बेरुजु सवैभन्दा कम


झिमरुक गाउँपालिकाको बेरुजु सवैभन्दा कम

प्यूठान, ८ भदौ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये सवैभन्दा कम बेरुजु झिमरुक गाउँपालिकाको रहेको छ ।

 

 

महालेखा परीक्षककको कार्यालयले जारी गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार प्यूठान जिल्लाका स्थानीय तहहरुमध्ये झिमरुक गाउँपालिकाको बेरुजु सवैभन्दा कम ०.१५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार १३ लाख १० हजार रुपियाँ बेरुजु देखिएको हो ।

सरुमारानी गाउँपालिकाको जिल्लामै सवैभन्दा बढी ५.६८ प्रतिशत अर्थात ३ करोड ७० लाख ४१ हजार रुपियाँ बेरुजु देखिएको छ ।

 

प्रतिवेदन अनुसार ऐरावती गाउँपालिकाको २.३८ प्रतिशत अर्थात १ करोड ९७ लाख ५४ हजार, गौमुखी गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ४१ लाख २७ हजार, नौबहिनी गाउँपालिकाको ५.४२ प्रतिशत अर्थात ५ करोड २५ लाख २४ हजार रुपियाँ बेरुजु देखिएको छ ।

 

त्यसैगरी प्यूठान नगरपालिकाको १.२३ प्रतिशत अर्थात १ करोड ७५ लाख ८३ हजार, मल्लरानी गाउँपालिकाको २.७४ प्रतिशत अर्थात १ करोड ८९ लाख ६६ हजार र माण्डवी गाउँपालिकाको १.६१ प्रतिशत अर्थात १ करोड १२ लाख ६६ हजार रुपियाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

स्वर्गद्धारी नगरपालिकाको भने कोभिडका कारण लेखापरीक्षण हुन बाँकी रहेको कार्यालयले जनाएको छ । ७५३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७५/०७६ को बक्यौता रहेका ५ सहित ६९९ स्थानीय तहको लेखा परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *