प्यूठान, २३ साउन । टोक्यो ओलम्कि २०२० को पुरुष पुटबलमा ब्राजिलले स्वर्ण पदकको उपाधि जितेको छ । ब्राजिलले स्पेनलाई २–१ ले हराउँदै लगातार दोस्रो उपाधि उचालेको हो ।
डानी एल्भासको कप्तानीमा ओलम्पिक खेलेको ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै स्पेन सँग फाइनलको लागि स्थान पक्का गरेको थियो । फाइनलका खेलको पहिलो हाफमा ब्राजिलले ३७ मिनेटमा रिचार्लीसनले पेनाल्टीबाट अग्रता कायम गर्न चुकेपछि ४५ मिनेटमा कप्तान डानी एल्भासको पासमा माथेउसले गोल गर्दै अग्रता कायम गरेको थियो ।
खेलको दोस्रो हाफमा ६० मिनेटमा स्पेनका ओरायजावलले सोलेरको पासमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलको अन्तिम समयसम्म विजय गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । १०७ मिनेटमा एन्टोनीको पासमा माल्कोमले विजयी गोल गरेपछि ब्राजिलले स्वर्ण पदक जितेको हो ।
ओलम्पिकमा उपविजेता स्पेनले रजत र जापानलाई हराएको मेक्सिकोले कास्य पदक जितेका छन् ।
