> समाज > बेवारिसे शवको पहिचान भएन : हत्या कि आत्महत्या ?


बेवारिसे शवको पहिचान भएन : हत्या कि आत्महत्या ?

प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर २ स्थित जंगलमा फेला परेको बेवारिशे शवको पहिचान हुन सकेको छैन । दर्भान स्थित वन कार्यालयको नर्सरीदेखी करीव ३ सय मिटर माथी जंगलमा सोमबार स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेका हुन् ।

 

स्थानीयका अनुसार शव शडेको छ । बेल्ट घाँटीमा पासो लगाएको अवस्थामा छ । उक्त बेल्ट सानो सालको विरुवामा बाधेको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिने स्थानीय बताउँछन् ।

 

स्थानीयले खवर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । शवलाई जिल्ला अस्पताल विजुवारमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । शवको पहिचान हुन नसकेको उहाँले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *