प्यूठान, ३१ असार । सहज परियोजनाले जिल्ला विभिन्न निकायलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
प्यूठान अस्पताल, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय विजुवार, प्रहरी चौकी तिराम, मास्क बैंकलाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराएको समुदाय परिचालक यकराज भण्डारीले जानकारी दिनुभयो ।
प्यूठान अस्पतालको आइसोलेसन कक्षमा रहेका कोभिडका विरामीलाई हाइजेनिक किट प्रदान गरिएको छ । माण्डवी गाउँपालिकाको जस्पुरमा, प्यूठान नगरपालिकाको जुम्रीमा र झिमरुक गाउँपालिकाको ओखरकोटमा मास्क बैंक सञ्चालनमा रहेको छ ।
युके एडको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अर्लटको संयुक्त साझेदारीमा माहुरीहोमले सहज परियोजना सञ्चालन गरेको हो ।
