प्यूठान, २७ असार । जारी युरोकप २०२० को उपाधीको लागि राती १२ः४५ मा इटली र इङल्याण्ड प्रतिष्पर्धा गर्ने भएका छन् ।
आफै आयोजक रहेको इटलीले १९६८ मा युरोकप जितेको छ । २ पटक फाइनलमा उपविजेता बनेको छ । इङल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
इटली र इङल्याण्ड बिच गएको ५ खेलमा इटलीले २ जित निकालेको छ, २ खेल बराबरी भएको छ भने १ खेल इङल्याण्डले हारेको छ ।
युरोकप २०२० मा इटलीले ५ खेलमा सबैमा जित निकालेको छ । इङल्याण्डले ४ जित र १ बराबरी खेलेको छ । खेलको अवस्था हेर्दा समग्रमा इटली बलियो टोलि देखिएको छ ।