> आर्थिक/बिकास > प्यूठानमा पेट्राेलियम पदार्थकाे मुल्यवृद्धि फिर्ता लिन युवाकाे माग


प्यूठानमा पेट्राेलियम पदार्थकाे मुल्यवृद्धि फिर्ता लिन युवाकाे माग

प्यूठान, २४ असार । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता लिन प्यूठानका युवाले माग गरेका छन् ।

 

युवा संगठन नेपाल र अखिल क्रान्तिकारी प्यूठानले विजुवार मित्रमणी चोकमा मुल्यवृद्धिको विरोध गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि घटाउन माग गरेका हुन् ।


पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।

 

हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ ।

 

खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *